काठमाडौं–तातोपानी र रसुवा नाका अवरुद्ध भएपछि हिमाली जिल्ला मुस्ताङको कोरला नाकाबाट ३१६ युनिट गाडी नेपाल भित्रिएका छन् । जसमध्ये २०९ युनिट ईभी छन् । कोरला नाका सञ्चालनमा आएको ५ दिनमा ३१६ वटा गाडी नेपाल भित्रिएका हुन् ।
भन्सार विभागको तथ्याङ्क अनुसार कोरला नाका सञ्चालनमा आएदेखि २०९ वटा विद्युतीय सवारी साधन (ईभी)सहित ३१६ वटा गाडी नेपाल भित्रिएका हुन् । गत असार २४ गते रसुवास्थित लेहेन्दे खोलामा आएको बाढीका कारण रसुवा भन्सार कार्यालय पूर्ण रुपमा बन्द भएको र तातोपानी भन्सार कार्यालयतर्फ कोदारी राजमार्गमा आएको पहिरोको कारण अवरोध छ ।
तर, चीन र नेपालबीचको वैदेशिक व्यापारलाई सहजीकरण गर्न मुस्ताङस्थित मुस्ताङ भन्सार कार्यालय, नेचुङ (कोरला नाका) गत भदौ ३० गतेदेखि पूर्ण रुपमा सञ्चालनमा थियो ।









प्रतिक्रिया