काठमाडौं । दशैं र तिहारलाई अझै विशेष बनाउन सीजी मोटर्सको अधिकृत वितरणमा किङलङ नेपालले आफ्ना ग्राहकहरूका लागि बम्पर अफर सार्वजनिक गरेको छ।
यो योजनाअन्तर्गत, दशैं–तिहारअवधिमा किङलङ भ्यान खरिद गर्ने हरेक ग्राहक लक्की ड्रमा सहभागी हुन पाउने कम्पनीले जनाएको छ । यस अवधिमा किङलङ इभी भ्यान खरिद गर्दा प्रत्येक महिना एक जना विजेताले नयाँ एक्सट्रिम १६० आर मोटरसाइकल उपहार स्वरूप पाउने कम्पनीले जनाएको छ ।
यो अफर किङलङका १४, १५, १६र१९ सिटर भ्यान मोडेलहरूमा लागू हुनेछन्। योजना असोज ७देखि कात्तिक ३०, २०८२ सम्म सञ्चालनमा रहने कम्पनीले जनाएको छ ।









प्रतिक्रिया