काठमाडौं– नेपालका लागि ओमोडा एन्ड जेइको ईभीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले जेइको जे ५ ईभीको ग्राहकहरुलाई डेलिभरी शुरु गरेको छ ।
काठमाडौंको उत्तरढोकास्थित शोरुममा एसपीजी अटोमोबाइल्सका निलन बज्राचार्यले जे ५ ईभीको पहिलो गाहकको रुपमा स्मृति आचार्यलाई गाडी र चाबी हस्तान्तरण गरे ।
जेइको जे५ र जे६ ईभी हालै कोरला नाका हुँदै नेपाल भित्रिएका हुन् । जेइको जे५ ईभी पहिलो पटक गत महिना सम्पन्न नाइमा मोबिलिटी एक्सपो २०२५ मा प्रदर्शन गरिएको थियो ।
एसपीजी अटोमोबाइल्स प्रालिले दशैं–तिहारको अवसरमा ‘फेस्टिभ राइड, मेगा ड्राइभ’ अभियान सुरु गरेको छ ।
अफर अन्तर्गत जेइको जे५ को मूल्य ५६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। यस अफरमा एक्सचेञ्ज बोनस, ७ किलोवाट क्षमताको वाल चार्जर र १ वर्षको इन्स्योरेन्स पनि समावेश गरिएको कम्पनीले जनाएको छ । सीमित अवधिका लागि मात्र उपलब्ध हुनेछ यस अफरमा शर्त तथा नियम लागू हुने कम्पनीको भनाई छ ।
जेइको जे५ मा १५५ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर र ५८.९ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ ।









प्रतिक्रिया