फाल्गुन २८, २०८२ बिहीबार | Fri Mar 13 2026

हुन्डाईको कार किन्दा धनगढीका अभिषेक चौधरीले जिते १० लाख




काठमाडौं– हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ल्याएको दशैं तिहार अफर अन्तर्गत स्क्र्याच कार्डमार्फत धनगढीका अभिषेक चौधरीले १० लाख नगद छुट जितेका छन् । उनले धनगढीस्थित दिनेश फोर ह्विल्सबाट नयाँ कार खरिद गरेका थिए ।

हुन्डाईको फेस्टिभ अफरअन्तर्गत कुनैपनि नयाँ गाडी खरिद गर्दा ग्राहकले सिधै ८ लाखसम्म छुट पाउनेछन् । त्यसैगरी, स्क्र्याच कार्डमार्फत १० लाखसम्म नगद छुट र २० हजार रुपैयाँसम्मको लोयल्टी वोनस पाइनेछ । साथै, १ वर्षको कम्प्रिहेन्सिभ इन्स्युरेन्स र रोड ट्याक्स समेत निःशुल्क पाइनेछ ।

हुन्डार्इले हाल नेपाली बजारमा मेड इने नेपाल क्रेटा र भेन्यु सहित क्रेटा इलेक्ट्रिक, आयोनिक५ र ग्रान्ड आई१० निओसजस्ता मोडलहरु उपलब्ध गराउँदै आएको छ ।

  :