मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

नक्सालमा एमएडब्लु वृद्धि मेगा एक्सचेन्ज कार्निभल



काठमाडौं । काठमाडौंको नक्सालस्थित एलिस रिसेप्सनमा शुक्रबारदेखि आजसम्म एमएडब्लु वृद्धि मेगा एक्सचेन्ज कार्निभल सञ्चालन भईरहेको छ ।

नेपालकै सबैभन्दा ठूलो एक्सचेन्ज मेला दावी गरिएको एमएडब्लु वृद्धि मेगा एक्सचेन्ज कार्निभलमा एकै छानामुनि नेपालमा उपलब्ध टप ईभी ब्रान्ड दिपल, अवतार, नामी र सेरेससँग ती ब्रान्ड र ईभीको ‘इनोभेसन तथा एक्जिस्टेन्स’ अनुभव गर्न सकिने कम्पनीले जनाएको छ ।
सो कार्निभलमा चारै ब्रान्डका विभिन्न मोडलका गाडीहरु टेस्ट ड्राइभ गर्न सकिन्छ भने आकर्षक अफर र मनोरञ्जनात्मक गतिविधि समेत उपलब्ध भइरहेको छ । ईभी पारखी र अन्य सबैले सपरिवार ‘अल्टिमेट अटोमोटिभ एक्सपेरियन्स’ लिन सक्ने छन् ।


यस अनुसार एकै स्थानमा नेपालकै सबैभन्दा लोकप्रिय ईभी टेस्ट ड्राइभ गर्न सकिने छ । एक्सचेन्ज गर्दा निश्चित गाडीहरुमा १५ लाख रुपैयाँ सम्मको फाइदा लिन सकिने छ । पुराना गाडीहरुका लागि त्यहाँ उपलब्ध पाँच रिकन्डिसन हाउसहरुबाट ‘बेस्ट एक्सचेन्ज भ्याल्यु’ प्राप्त हुने कम्पनीले जनाएको छ ।

कार्निभलको अवसरमा गाडी बुकिङ गर्ने प्रत्येक एक जोडीका लागि नगरकोटमा ‘कपल स्टे’ को व्यवस्था हुनेछ । कार्निभलको समयमा रोबोटिक शो, रेसिङ सिमुलेटर, किड्स जोन र इन्डोर गेम तथा फुड एन्ड रिफ्रेसमेन्ट लगायतका मनोरञ्जनात्मक गतिविधि समेत भइरहेका छन् ।

कुनै पनि ब्रान्ड वा मोडलको पुरानो गाडी भएका ग्राहकलाई नेपालमा उपलब्ध प्रतिष्ठित ब्रान्डका ईभी एक्सचेन्ज गर्नका लागि यो एउटा उपयुक्त अवसर हुन सक्ने कम्पनीले जनाएको छ ।

  :