काठमाडौं– टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले यस वर्षको शुभ दिपावलीसँगै आउँदै गरेको धनतेरस पर्वलाई लक्षित गर्दै देशव्यापी रुपमा “धनतेरस टाटा उत्सव”कार्यक्रम शुभारम्भ गरेको छ।
हर्ष र उल्लासले भरिएको यस पर्वको अवसरमा आइतबारबाट सुरु गरिएको यो कार्यक्रममा ग्राहकहरूले आकर्षक अफरका साथ सुनको असर्फी बम्पर उपहारमा जित्ने सुनौलो मौका प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । टाटाको नेपालभरि रहेको शोरुमहरुमा आजबाट सुरु गरिएको यो कार्यक्रम कात्तिक २ गतेसम्म हुने कम्पनीले जनाएको छ।
यस विशेष कार्यक्रम अन्तर्गत ग्राहकहरूले टाटा मोटर्सका विद्युतीय मोडलहरू टाटा टियागो ईभी, पन्च ईभी, नेक्सन के३ ईभी र कर्भ ईभीका साथै आईसीई मोडलहरू टियागो, पन्च, नेक्सन र सफारी खरिद गर्दा उपहार तथा छुटका सुविधाहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यस कार्यक्रम अन्तर्गत, फ्रि लाइफटाइम डीसी फास्ट चार्जिङ, आकर्षक डिस्काउन्ट, उत्कृष्ट एक्सचेन्ज मूल्य, फ्रि एसेसरिज, व्यापक अटो–प्लस इन्स्योरेन्स, वार्षिक सवारी कर, फ्रि एम्बोस्ड नम्बर प्लेट र फ्रि होम चार्जिङ इन्स्टलेसन लगायतका सुविधाहरू ग्राहकहरुले प्राप्त गर्न सक्नेछन् । यसका साथै, यस पर्वलाई थप रोमाञ्चक र अविस्मरणीय बनाउने हेतुले सुनको असर्फी भाग्यशाली ग्राहकले बम्पर उपहार स्वरुप प्राप्त गर्न सक्ने पनि कम्पनीले जानकारी दिएको छ ।









प्रतिक्रिया