माघ १५, २०८२ बुधबार | Wed Jan 28 2026

तिहारको अवसरमा फरथिङ ईभी किन्दा आइफोन १७ प्रो प्राप्त गर्न सकिने



काठमाडौं– तिहारको अवसरमा फरथिङ ईभीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटीले विशेष अफर ‘फरथिङ तिहार भाइब’ ल्याएको छ ।

असोज २७ देखि कात्तिक ३ गतेसम्म चल्ने यस विशेष अफरमा ग्राहकहकले स्टाइल, परफर्मेन्स र इनोभेशन मिसिएको ब्रान्डको प्रिमियम इलेक्ट्रिक एसयूभी फरथिङ फ्राइडे अनुभव गर्न सक्ने र फ्राइडे ईभी बुकिङ गर्दा आइफोन १७ प्रो प्राप्त गर्न सकिनुका साथै आकर्षक नगद छुटको समेत व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

साथै, ८ वर्षको वारेन्टि, ६ वर्षसम्म निःशुल्क सर्भिसिङ, ७ किलोवाटको होम चार्जर, स्पेयर टायर, १ वर्षको अटो प्लस बीमा र रोड ट्याक्स निःशुल्क पाइने पनि कम्पनीले जानकारी दिएको छ ।

यस ईभीमा ६४.४ किलोवाट आवरको ब्याट्री र ९९ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । जसले डब्लुएलटीपी मापदण्ड अनुसार ४०० किलोमिटरको रेन्ज प्रदान गर्ने कम्पनीको भनाई छ ।

  :