काठमाडौं । बीवाइडीले गत २४ जुलाई २०२५ मा लन्च गरेको नयाँ एसयूभी सिलायन ०६ ले उत्पादनमा महत्वपूर्ण रेकर्ड कायम गर्न सफल भएको छ ।
सिलायन लन्च भएको १०० दिनमै १ लाख युनिट पूरा गर्ने बीवाइडीको पहिलो मोडलको रुपमा कीर्तिमान बनाएको हो । सिलायन ०६ औसतमा प्रतिदिन १ हजार युनिट उत्पादन भएको हो ।
अल इलेक्ट्रीक र प्लगइन हाइब्रिड पावरट्रेनमा उत्पादन भएको सिलायन ०६ बीवाइडीको ओसियन सिरीजको एसयूभी हो ।
बीवाइडीको ई प्ल्याटफर्म ३.० इभो आर्किटेक्चरमा बनेको यो एसयूभी ४०० र ८०० भोल्ट सिस्टममा उपलब्ध रहेको छ । बीवाइडी सिलायन ०६ को लम्बाइ ४८१० एमएम, चौडाइ १९२० एमएम, उचाइ १६७५ एमएम र २८२० एमएमको ह्वीलबेस रहेको छ ।
यो एसयूभीमा ६५.२८ र ७८.७२ किलोवाट आवरको दुई साइजको ब्याट्री अप्सन दिएको छ । यसमा १६० किलोवाटको फ्रन्टह्वील ड्राइभ र २९० किलोवाटको अलह्वील ड्राइभ मोटर रहेको छ ।









प्रतिक्रिया