मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

सीजी मोटर्सद्वारा थापाथलीमा नयाँ आयन र एक्स्पेङ ‘एक्स्पेरिएन्स सेन्टर’ सञ्चालन



काठमाडौं। आयन र एक्स्पेङको नेपालका लागि आधिकारिक विक्रेता सीजी मोटर्सले थापाथलीमा नयाँ आयन र एक्स्पेङ ‘एक्स्पेरिएन्स सेन्टर’को संचालनमा ल्याएको छ।

पुरानो सीजी मोटर्स शोरुमसँगै मुख्य सडकबाट करिब २० मिटरभित्र यो ‘एक्स्पेरिएन्स सेन्टर’ रहेको र यो सेन्टरले आगन्तुकहरूलाई आयन र एक्स्पेङका आकर्षक इभीको लाइनअप नजिकबाट हेर्ने, बुझ्ने र अनुभव गर्ने अवसर प्रदान गर्ने पनि कम्पनीले जनाएको छ ।

‘ग्राहकहरूले मोडेलहरू प्रत्यक्ष अवलोकन गर्न, टेस्ट ड्राइभ बुक गरेर अत्याधुनिक प्रविधिको अनुभव लिन, साथै सोही स्थानमा बुकिङ र तत्काल डेलिभरीको सुविधा प्राप्त गर्न सक्नुहुनेछ। त्यसमाथि आगन्तुकहरूले विशेष अफरहरू, आकर्षक उपहार र सीजी मोटर्सका ईभी विज्ञहरूबाट व्यक्तिगत परामर्श सेवा पनि लिन सक्ने कम्पनीको भनाई छ ।

एक्स्पेरिएन्स सेन्टरको उद्घाटनले सीजी मोटर्सको ग्राहक सेवाप्रतिको अठोटलाई उजागर गरेको कम्पनीले विश्वास लिएको छ। विस्तार हुँदै गएका सुविधाहरू र समर्पित सेवा प्रणालीसहित सीजी मोटर्सले ग्राहकलाई भविष्यमुखी इभीको प्रत्यक्ष अनुभव लिन एक्स्पेरिएन्स सेन्टरको भ्रमण गर्न आह्वान समेत गरेको छ।

  :