काठमाडौं । केई नेपालका आधिकारिक बिक्रेता लेजीओ अटोमोबाइल्स प्रालि र लक्ष्मी ई–मोबिलिटी केई ग्राहक भेट र्याली सम्पन्न गरेका छन् । काठमाडौंको थापाथलीबाट सुरु भएको उक्त र्याली क्लब हिमालय, नगरकोटमा पुगेर सम्पन्न भएको थियो ।
र्यालीमा ५६ वटा केई गाडी र १९३ जना सहभागी (मिडिया प्रतिनिधि र इन्फ्लुएन्सरहरू सहित) सहभागी थिए । केई प्रयोगकर्ताबीचको सम्बन्ध सुदृढ बनाउने र वातावरणमैत्री यात्रालाई प्रवर्द्धन गर्ने कार्यक्रममको उद्देश्य रहेको थियो । सहभागीहरूले यात्रा क्रममा रमाइला खेल, समूहगत क्रियाकलाप र प्राकृतिक सौन्दर्यको आनन्द लिएका थिए ।
क्लब हिमालयमा सहभागीहरूका लागि स्वागत कार्यक्रम, अन्तरक्रियात्मक सत्र र भेटघाटका अवसरहरू प्रदान गरियो । कार्यक्रमको मुख्य आकर्षण सीपीआर (कार्डियो पल्मोनरी रेससिटेसन) सम्बन्धी सचेतना तथा तालिम सत्र थियो, जहाँ स्वास्थ्यकर्मीहरूले आपतकालीन अवस्थामा कसरी सहयोग गर्न सकिन्छ भन्ने सिकाए । यसले सडक सुरक्षा र जिम्मेवार ड्राइभिङप्रति सहभागीहरूको जागरूकता बढाएको आयोजकले जानकारी दिएको छ ।
कार्यक्रमको समापन मनोरञ्जनात्मक प्रस्तुति र समूहगत गतिविधिसँग गरिएको थियो । जीओ अटोमोबाइल्स र लक्ष्मी ई–मोबिलिटीले ग्राहक सन्तुष्टि, सुरक्षा सचेतना र सामाजिक जिम्मेवारीप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै आगामी दिनहरूमा अझ रमाइला कार्यक्रमहरू ल्याउने योजना बनाएको जनाएको छ ।









प्रतिक्रिया