काठमाडौं– गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा परेको थापाथलीस्थित टाटा शोरुम पुनर्निमाणपछि सञ्चालनमा आएको छ ।
टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले ७० दिनमै उक्त शोरुमको पुननिर्माण गरी सञ्चालनमा ल्याएको हो ।
आन्दोलनका क्रममा आगजनी हुँदा शोरुममा ठूलो क्षति पुगेको थियो । शोरुमभित्र राखिएका केही कार जलेर काम नलाग्ने अवस्थामा पुगेका थिए भने पूर्वाधार पूर्ण रुपमा ध्वस्त भएको थियो ।
सिप्रदीको प्यासेन्जर बिजनेस महाप्रबन्धक सावन्तजंग सिजापतिले जेनजी आन्दोलनमा जलेको शोरुमलाई ७० दिनको समयमा व्यस्थापन गरेर पुनःसञ्चालनमा ल्याएको बताए ।









प्रतिक्रिया