मंसिर १९, २०८२ बिहीबार | Thu Dec 4 2025

पेट्रोल/डिजेलबाट चल्ने गाडीलाई ईभीमा परिणत गर्न सकिने




काठमाडौं । सरकारले इन्धन (पेट्रोल/डिजेल) बाट चल्ने सवारीसाधनलाई विद्युतीय सवारीसाधन (ईभी) मा रुपान्तरण गर्न अनुमति दिने व्यवस्था गरेको छ ।


भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सोमबार नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १७६ ले दिएको अधिकार प्रयोग गरी रूपान्तरणको बाटो खुला गरेको हो । अघिल्ला वर्षमा विभिन्न नियम–कानुन देखाउँदै कसैलाई पनि रूपान्तरणको अनुमति दिइएको थिएन, तर नयाँ सरकार बनेसँगै आवश्यक संरचना र कानुनी प्रक्रिया तयार पारेर अनुमति दिने व्यवस्था भएको हो ।

नयाँ व्यवस्था अनुसार ऐनको दफा ३९ को उपदफा ९२० को प्रतिबन्धात्मक वाक्यांश तीन वर्षसम्म लागू हुने छैन । यससँगै वातावरणमैत्री वा ऊर्जा दक्षतामूलक फेरबदल गर्न चाहने सवारीधनीले अब कानुनी झन्झट बिना नै आफ्ना सवारीसाधनलाई ईभीमा रूपान्तरण गर्न पाउनेछन् ।

  :