माघ १३, २०८२ सोमबार | Mon Jan 26 2026

ओमोडा र जेको ब्रान्ड एम्बेसडर क्रिकेटर रोहित पौडेल



काठमाडौं । नेपालका लागि ओमोडा र जेको गाडीको आधिकारिक विक्रेता एसपीजी अटोमोबाइल्सले नेपाली क्रिकेटमा ऐतिहासिक सफलता दिलाउने राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई आफ्नो नयाँ ब्रान्ड एम्बेसडर घोषणा गरेको छ ।

पौडेलको कप्तानीमा लुम्बिनी लायन्सले हालै एनपीएल सिजन–२ को उपाधि जित्न सफल भएको थियो । उक्त उल्लेखनीय उपलब्धिको सम्मानस्वरूप एसपीजी अटोमोबाइल्सले पौडेललाई अत्याधुनिक जे फाइभ ईभी समेत प्रदान गरेको छ ।

कम्पनीले गाडी मात्र होइन, गाडीमा लाग्ने सम्पूर्ण करसमेत स्वयं व्यहोर्ने घोषणा गर्दै पौडेलप्रतिको सम्मान र विश्वासलाई अझ बलियो बनाएको छ । यस अवसरमा एसपीजी अटोमोबाइल्सले यसअघि ब्रान्ड एम्बासडरको भूमिका निर्वाह गरेका राष्ट्रिय क्रिकेटर दीपेन्द्र सिंह ऐरीलाई पनि विशेष सम्मान गरेको छ ।

  :