काठमाडौं। एसडीएलजी ब्रान्डको लोडरहरुको नेपालका लागि आधिकारिक बिक्रेता पन्चकन्या ग्रुप अन्तर्गतको एक्सप्लोर अर्थ मुभर्सले चिनियाँ ब्रान्डको विद्युतीय ह्वील लोडर नेपाली बजारमा पहिलो पटक ल्याएको छ ।
कम्पनीले चिनियाँ शानडोङ लिङ्गोङ कन्स्ट्रक्सन मेसिनरी कम्पनी लिमिटेड९एसडीएलजी० ब्रान्डको विद्युतीय ह्वील लोडर ल्याएको हो। यो भोल्भोको सब्सिडरी कम्पनी हो। यो ब्रान्ड चीनमा विभिन्न हेभी इक्विपमेन्ट मेसिनरी उत्पादन गर्ने एक प्रमुख कम्पनी हो।
पहिलो लटमा ८ वटा विद्युतीय ह्वील लोडर आयात गरिएको कम्पनीले जनाएको छ । नेपालको जुनसुकै पूर्वाधार निर्माणमा यो लोडर प्रयोग गर्न सकिने पनि कम्पनीले जनाएको छ ।
यसमा १८० किलोवाट आवर (युनिट) क्षमताको लिथियम आयरन फस्फेट ब्याट्री छ। यसलाई चार्ज गर्न २४० किलोवाट क्षमताको चार्जर छ। सो चार्जरले चार्ज गर्दा ४५ मिनेटदेखि १ घन्टा लाग्छ। उक्त फुल चार्ज गर्दा ६ घन्टासम्म चलाउन सकिन्छ। यसमा मोटर पावर ६० किलोवाट नियमित र ९० किलोवाट अधिकतम रहेको छ।




प्रतिक्रिया