माघ १३, २०८२ सोमबार | Mon Jan 26 2026

सन् २०२५ मा बीवाईडीद्वारा २२ लाख ५४ हजार ७१४ ईभी बिक्री



काठमाडौं । सन् २०२५ मा बीवाईडीले कुल २२ लाख ५४ हजार ७१४ युनिट इलेक्ट्रिक सवारी साधन बिक्री गरेर बीवाईडीले सबैभन्दा ठूलो इलेक्ट्रिक सवारी साधन उत्पादकको स्थान पाउन सफल भएको छ । यो अघिल्लो वर्षको तुलनामा करिब २७.९ प्रतिशतको वृद्धि हो ।

बीवाईडीले सन् २०२५ मा हाइब्रिड र इलेक्ट्रिक गरी कुल ४५ लाख ५० हजार ३६ वटा सवारी साधन बिक्री गरेको थियो। समग्रमा ४६ लाख २ हजार ४३६ सवारी साधन बिक्री भएको बीवाईडीले जनाएको छ । बीवाईडीले दुवै प्रविधिलाई सन्तुलित रूपमा अघि बढाएको जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पनि बीवाईडीले ठूलो फड्को मारेको छ।

  :