माघ १३, २०८२ सोमबार | Mon Jan 26 2026

चितवनमा नामी सेलिब्रेशन ड्राइभ



काठमाडौं । नेपालका लागि डोङफेङको आधिकारिक वितरक एमएडब्लू वृद्धिले चितवनका सडकमा १०० भन्दा बढी नामी इलेक्ट्रीक सवारी साधनको महत्वपूर्ण उपलब्धि हासिल गरेको उपलक्ष्यमा सेलिब्रेशन ड्राइभ आयोजना गरेको हो ।

ग्राहकहरूको विश्वासको सम्मान, समुदायसँगको सम्बन्ध सुदृढीकरण तथा चितवन क्षेत्रमा स्मार्ट विद्युतीय मोबिलिटीको बढ्दो उपस्थितिलाई उजागर गर्न उक्त सेलिव्रेशन आयोजना गरिएको कम्पनीले जनाएको छ ।


उक्त ड्राइभको एमएडब्लू वृद्धिका वरिष्ठ नेतृत्व तथा चितवन क्षेत्रमा नामी बक्स र नामी भिगोका आधिकारिक डिलर युरो अटोमोटिभ्स प्रालिका प्रतिनिधिहरूद्वारा फ्ल्याग अफ गरेका थिए ।

ड्राइभ चितवन बिजनेस कम्प्लेक्स, भरतपुरबाट सुरु भई बाइपास रोड, टिनखोला गुम्बा चोक, रामेश्वर मन्दिर, लिला चोक, पुलचोक, चौबिसकोटी चोक, पारस बस पार्क, सौराहा चोक तथा चित्रसरी पुल हुँदै होटल सेभेन स्टार, सौराहामा पुगेर सम्पन्न भएको थियो।

१००ं नामी उत्सवको निरन्तरताका रूपमा एमएडब्लू वृद्धि र युरो अटोमोटिभ्स प्रालिले पुस २७ देखि २९ सम्म टेस्ट ड्राइभ तथा एक्सचेन्ज क्याम्प आयोजना गरेको छ ।
यस क्याम्पमा चितवनका ग्राहकले नामी भिगो र नामी बक्समा आकर्षक नगद छुट, निःशुल्क डुअल चार्जिङ समाधान ९७ किलोवाट फास्ट चार्जर तथा ३।५ किलोवाट पोर्टेबल चार्जर०, निःशुल्क अटो प्लस बीमा, पुराना सवारी साधनको उत्कृष्ट मूल्याङ्कन पाउने छन् ।

  :