१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

स्मार्ट प्रविधि र ग्राहक–केन्द्रित मोबिलिटी हुन्डाईको प्राथमिकतामा



काठमाडौं– हुन्डाई नेपालले २०२६ सालको शुरुवातसँगै विश्वास, स्मार्ट प्रविधि र ग्राहक–केन्द्रित मोबिलिटीलाई प्राथमिकतामा राख्दै अटोमोबाइल बजारमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाएको छ ।

देशकै सबैभन्दा विश्वासिलो र प्रगतिशील अटोमोबाइल ब्रान्डमध्ये एकका रूपमा हुन्डाई नेपालले दीर्घकालीन मूल्य र ग्राहकको भरोसालाई केन्द्रमा राखेर आफ्नो रणनीति अघि बढाइरहेको जनाएको छ ।

देशव्यापी रूपमा विस्तार हुँदै गएको डिलर र सेवा सञ्जालका कारण हुन्डाई नेपाल हजारौँ नेपाली परिवारका लागि विश्वसनीय, सुरक्षित र ढुक्कसँग प्रयोग गर्न सकिने ब्रान्डका रूपमा स्थापित भएको छ। साना ह्याचब्याकदेखि प्रिमियम एसयूभी र विद्युतीय सवारीसाधनसम्मको विविध उत्पादन पोर्टफोलियोमार्फत जीवनका हरेक चरणका लागि उपयुक्त हुन्डाई गाडी उपलब्ध गराउँदै आएको कम्पनीले जनाएको छ।

वर्षौंदेखि हुन्डाई नेपालले नेपालको आधुनिक अटोमोबाइल संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। स्थानीय सडक र अवस्थालाई ध्यानमा राखी विश्वस्तरीय मोडेलहरू भित्र्याउनुका साथै बिक्रीपछिको सेवा, वास्तविक पार्टपुर्जा र दक्ष प्राविधिकमा निरन्तर लगानी गर्दै आएको कम्पनीको भनाइ छ।

नेपाल स्वच्छ र स्मार्ट मोबिलिटीको दिशामा अघि बढ्दै गर्दा हुन्डाई नेपाल विद्युतीय सवारीसाधन प्रवर्द्धनमा पनि अग्रपङ्क्तिमा देखिएको छ। क्रेटा ईभी र कोना इलेक्ट्रिक जस्ता मोडेलमार्फत कार्यसम्पादन, किफायती मूल्य र दिगोपनाबीच सन्तुलन मिलाउने प्रयास गरिएको जनाएको छ।

नवप्रवर्तन, सुरक्षा र ग्राहक सन्तुष्टिलाई केन्द्रमा राख्दै हुन्डाई नेपालले २०२६ तथा आगामी वर्षहरूमा पनि नेपाली सडकमा विश्वास र प्रगतिलाई निरन्तर अघि बढाउने विश्वास व्यक्त गरेको छ।

  :