फाल्गुन ६, २०८२ बुधबार | Wed Feb 18 2026

माघ २५ देखि २७ गतेसम्म सुजुकीको देशव्यापी ‘विन्टर फ्री सर्भिस क्याम्प’



काठमाडौं । नेपालका लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले आफ्ना ग्राहकको सुविधाका लागि यही माघ २५ देखि २७ गतेसम्म सुजुकीको देशव्यापी ‘विन्टर फ्री सर्भिस क्याम्प’ आयोजना गर्ने भएको छ ।

यस क्याम्पको मुख्य उद्देश्य चिसो मौसमले गाडीमा पार्ने प्रभावबारे ग्राहकहरूलाई सचेत गराउनु र उत्कृष्ट सेवा प्रदान गर्नु रहेको कम्पनीले जनाएको छ । यस क्याम्पमा सुजुकीका ग्राहकहरूले निःशुल्क सवारी जाँच, मर्मत सम्भारमा विशेष छुट र चिसो मौसममा गाडीलाई सुरक्षित राख्ने सम्बन्धमा विशेषज्ञको सल्लाह पाउने छन् ।

क्याम्पमा ग्राहकले निःशुल्क एसी, हिटर, ब्याट्री, एसडीटी जाँच सुविधा पाउने छन् । त्यस्तै, सम्पूर्ण गाडीको वृहत् निरीक्षण, लेबर चार्जमा २० प्रतिशतसम्म छुट, स्पेयर पाट्र्स र इन्जिन आयलमा १० प्रतिशत सम्म छुट पाउने छन् ।

साथै, ग्राहकहरूले विभिन्न छुट अफर र आकर्षक उपहार समेत पाउने छन् । क्याम्पमा सहभागी ग्राहक मध्ये ८ भाग्यशाली जोडीले नगरकोटस्थित भङ्गेरी दरबार रिसोर्टमा ’स्टेकेसन प्याकेज’ पाउने छन् । यो विन्टर फ्री सर्भिस क्याम्प नेपालभर रहेका सुजुकीका सबै सर्भिस सेन्टरहरूमा संचालन हुनेछ ।

  :