काठमाडौं । निसान लिफले ‘विमन वर्ल्डवाइड कार अफ दी इयर २०२६’ जित्न सफल भएको छ ।
विश्वका ५५ देशबाट सहभागी महिला अटो पत्रकारहरु सहभागी भएको जुरीमा समावेस भएका ८६ जनाको मतदानबाट निसान लिफलाई विमन वर्ल्डवाइड कार अफ दी इयर २०२६ अवार्ड प्रदान गरिएको हो ।
निसान लिफको नयाँ जेनेरेशन मोडल क्रसओभर एसयूभी डिजाइनमा छ । नयाँ लिफमा ५२ किलोवाट आवर र ७५ किलोवाट आवर क्षमताको दुई ब्याट्री छ । १५० किलोवाट क्षमतासम्मको डीसी चार्जर सपोर्ट गर्ने कारलाई १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न केबल ३५ मिनेट लाग्ने कम्पनीको दावी छ ।
निसानले १६० किलोवाट क्षमताको मोटर दिएको लिफ क्रसओभर मोडलले ३५४ न्युटन मिटर टर्क प्रदान गर्छ । सिंगल चार्जमा ५०० किलोमिटर माथिको रेन्ज, क्रसओभर डिजाइन, थुप्रै नयाँ टेक फिचर थप भएर आएको कारण यसले उत्कृष्ट अवार्डसमेत जित्न सफल भएको हो ।









प्रतिक्रिया