काठमाडौं । आज चैत ६ गतेदेखि ८ गतेसम्म नेपालका लागि फोरथिङ आधिकारिक बिक्रेता लक्ष्मी ई मोबिलिटी प्रालिले ‘फोरथिङ एक्सचेन्ज फेष्ट’ आयोजना गरेको छ ।
काठमाडौंको थापाथली (नेपाल राष्ट्र बैंकको पारी) उक्त एक्सचेन्ज फेष्ट आयोजना गरिएको छ । ३ दिनसम्म चल्ने उक्त एक्सचेन्ज फेस्टमा गहकले आफूसँग भएको जुनसुकै ब्राण्डको पुरानो सवारी साधन फोरथिङ फ्राइडे ईभीसँग साट्न सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यस फेष्टमा ग्राहकले कुल ७ लाखसम्म बचत गर्न सक्नेछन् । जसमा ग्राहकले एक्सचेन्ज बोनस, गाडीको उचित मूल्यांकन, आकर्षक नगद छुट, १ वर्षको अटो प्लस बीमा, १ वर्षको सडक कर, निःशुल्क स्पेयर टायर र एसी चार्जर पाउने कम्पनीले जनाएको छ ।









प्रतिक्रिया