१० असार २०८३, बुधबार | Wed Jun 24 2026

भाटभटेनी सुपर मार्केटमा किनमेल गर्ने २ जना जिते टाटा पन्च ईभी



काठमाडौं । भाटभटेनी सुपर मार्केटमा किनमेल गर्ने २ जनाले विद्युतीय सवारी टाटा पन्च ईभी जितेका छन् ।

टाटा मोटर्स नेपालका लागि अधिकारिक बिक्रेता कम्पनी सिप्रदी ट्रेडिङ र भाटभटेनी बीच भएको सहकार्यमा दसैँ, तिहार र छठको अवसर पारेर सपिङ गर्दा टाटाको ‘पन्च ईभी’ जित्न सकिने योजना ल्याइएकोमा सोको सोमबार पुरस्कार घोषणा गरिएको थियो ।

भाटभटेनीमा २५०० रुपैयाँ बराबरको किनमेल गर्दा कलंकीकी रोशनी सिंह र नेपाल पेबाटै क्यूआर गरी सामानको मूल्य तिर्ने पाटनकी समिता प्रधानले टाटाको पन्च ईभी जितेका हुन्।

‘भाटभटेनीबाट किनमेल गरौँ, टाटा पन्च ईभी जितौँ भन्ने नारासहित स्किमको लाभ पुस १६ गतेसम्म भाटभटेनीमा सामान किनमेल गर्ने ग्राहकले लिएका थिए।

  :