२७ आश्विन २०८३, मंगलबार | Wed Oct 14 2026

नेपालमा उबरको आजदेखि औपचारिक रुपमा सेवा सुरु



काठमाडौं । अमेरिकी बहुराष्ट्रिय राइड हेलिङ कम्पनी उबरले नेपालमा जेठ पहिलो सातादेखि अनौपचारिक रूपमा सेवा दिन थालेकोमा आजदेखि औपचारिक रूपमा सेवा सुरू गरेको छ ।


यससँगै अब नेपालमा स्थानीय तथा अन्तर्राष्ट्रिय यात्रुहरूले एउटै एपमार्फत सहज रूपमा सेवा लिन सक्ने कम्पनीले जनाएको छ । यसले नेपालीसँगै नेपाल भ्रमणमा आउने विदेशी पर्यटकलाई थप सुविधा पुग्ने विश्वास कम्पनीको छ । ।

उबरका एपीएसी क्षेत्रीय महाप्रबन्धक (राइड्स) डोमिनिक टाइलरले नेपाल प्रवेशलाई उबरको विश्वव्यापी विस्तार यात्राको महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन्। नेपालमा बढ्दो तीव्र सहरीकरण, डिजिटल पहुँच, पर्यटन क्षेत्रको वृद्धि लगायत कारण आकर्षक गन्तव्य रहेको उनको भनाइ छ ।

हाल काठमाडौंबाट सेवा सुरु गरेको कम्पनीले आगामी दिनमा क्रमशः देशका अन्य सहरी क्षेत्रमा विस्तार गर्ने जानकारी दिएको छ । उबरले विश्वका ७० बढी देशमा सेवा दिँदै आएको छ ।

  :