९ असार २०८३, मंगलबार | Wed Jun 24 2026

पोखरामा ओमोडा ई ५ सार्वजनिक



काठमाडौं । गण्डकी प्रदेशका लागि ‘ओमोडा जेको’ तथा ‘आइकार’ बिद्युतीय सवारी साधनहरूको आधिकारिक विक्रेता इलाइट मोटर्स प्रालिले पोखरामा नयाँ ‘ओमोडा ई ५ प्रो’ सार्वजनिक गरेको छ ।

पोखरा इभेन्ट सेन्टरमा विशेष कार्यक्रमसहित उक्त ईभी सार्वजनिक गरिएको हो । कम्पनीले नयाँ ओमोडा ई फाइभ प्रोको आधिकारिक मूल्य सिंगल टोन भेरियन्टको ५१ लाख ५९ हजार र डबल टोन भेरियन्टको ५१ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।

ओमोडा ई ५ एउटा फिचर लोडेड कुप्पे डिजाइनको एसयूभी हो । ओमोडा ई ५ यसअघि नै नेपालमा १५०० युनिट बढी बिक्री भइसकेको छ । यसको सफलतालाई निरन्तरता दिँदै नयाँ ई ५ प्रो अझ उन्नत प्रविधि, प्रिमियम फिचर र अत्याधुनिक ड्राइभिङ अनुभवसहित आएको छ।

नयाँ ओमोडा ई ५ पहिलाकोभन्दा सानो ब्याट्री प्याकमा आएको छ । यसमा ५०.७ किलोवाट आवरको ब्याट्रप्याक छ । यसले एकपटकको फुलचार्जमा ३५० किमी डब्लूएलटीपी रेन्ज दिन्छ । यसअघि ई ५ मा ६१ किलोवाट आवरको ब्याट्रीप्याकमा उपलब्ध थियो । यसमा मोटर भने हालकै ९९ किलोवाटलाई निरन्तरता दिइएको छ ।

  :