२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

लक्ष्मी समूहले हाइब्रिड एसयूभी ‘बीएआईसी बीजे ३० ई’ नेपाल भित्र्याउँदै



काठमाडौं । लक्ष्मी ग्रुपले अफ–रोड यात्रा र दैनिक प्रयोग दुवैलाई ध्यानमा राखेर विकास गरिएको बीएआईसी बीजे ३० ई नेपाली बजारमा भित्र्याउने तयारी गरेको छ ।

‘बोर्न रग्ड’ अवधारणामा आधारित यो प्लग–इन हाइब्रिड एसयूभी आकर्षक डिजाइन, आधुनिक प्रविधि र अफ–रोड क्षमताको संयोजनसहित सहरका सडकदेखि चुनौतीपूर्ण बाटोसम्म आत्मविश्वासका साथ यात्रा गर्न सक्षम रहेको कम्पनीले जनाएको छ।


नेपालमा प्रविधियुक्त र दमदार एसयूभीप्रतिको बढ्दो आकर्षणबीच बीएआईसी बीजे ३० ई को आगमनले उपभोक्तालाई नयाँ विकल्प प्रदान गर्ने अपेक्षा कम्पनीको छ । ‘उत्कृष्ट अफ–रोड क्षमता, स्मार्ट फिचर र आधुनिक प्रविधिसहित यो एसयूभीले नेपालको विस्तार हुँदै गएको एसयूभी बजारमा आफ्नो छुट्टै पहिचान बनाउने कम्पनीको विश्वास छ ।

  :