७ भदौ २०८३, आइतबार | Mon Aug 24 2026

चेरी क्यू नेपाली बजारमा



काठमाडौं । चिनियाँ कम्पनी चेरीको नेपालका लागि आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले इलेक्ट्रीक क्रसओभर एसयूभी चेरी क्यू यही साउन २६ गतेदेखि आयोजना हुने नाइमा मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक गर्ने भएको छ ।


सेग्मेन्टकै उत्कृष्ट सुविधासहित आएको चेरी क्यूमा ४१.२ किलोवाट क्षमताको ब्याट्री ब्याट्री छ । यसले एकपटकको फुलचार्जमा ४०० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ । यसले ८५ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ । यसमा रहेको ब्याट्रीलाई केवल १६ मिनेटमा ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने पनि कम्पनीले जनाएको छ ।

अत्याधुनिक प्रविधि, व्यावहारिक उपयोगिता, उत्कृष्ट विद्युतीय कार्यसम्पादनको संयोजनले चेरी क्यूले नेपाली ईभी पारखीहरुको मन जित्ने विश्वास कम्पनीले लिएको छ ।

चेरी क्यूले विश्वप्रसिद्ध रेड डट डिजाइन अवार्ड २०२५ तथा आइएफ डिजाइन अवार्ड २०२६ समेत जितिसकेको छ।

  :