७ भदौ २०८३, आइतबार | Mon Aug 24 2026

नाइमा एक्स्पोमा लिपमोटरका ३ सयभन्दा बढी गाडी बुकिङ




काठमाडौं । हालै सम्पन्न नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा लिपमोटरले ३०० भन्दा बढी ईभी बुकिङ हासिल गर्न सफल भएको छ ।

नेपालमा लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडीको बुकिङ भएको दावी गरेको छ । एक्स्पोमा सार्वजनिक गरिएको लिपमोटर बी ०३ एक्स विद्युतीय एसयूभीप्रति आकर्षण बढी देखिएको पनि कम्पनीले जानकारी दिएको छ ।

बी ०३ एक्समा १४५ किलोवाट क्षमताको मोटर, ५३ किलोवाट–आवरको ब्याट्री र एकपटकको चार्जमा ५०५ किलोमिटर ९सीएलटीसी० सम्मको यात्रा क्षमता रहेको छ । त्यसैगरी, लिपमोटर बी १० ले पनि एक्स्पोमा उल्लेख्य प्रतिक्रिया पाएको सांग्रिला मोटर्सले जनाएको छ ।

एक्स्पोमा प्राप्त उत्साहपछि सांग्रिला मोटर्सले अब बुकिङ भएका सवारीको छिटो डेलिभरी र नेपालभर बिक्री तथा सेवा सञ्जाल विस्तारमा ध्यान केन्द्रित गर्ने जनाएको छ । सांग्रिला मोटर्सले एक्स्पोमा सहभागी आगन्तुक तथा ग्राहकलाई विश्वास र समर्थनका लागि धन्यवाद दिएको छ ।

  :