काठमाडौं । एम्बर मोटर्स प्रालिले नियोसी ब्राण्डका भ्यानहरू बिक्री तथा बिक्रीपछिको सेवा निर्वाध रूपमा भइरहेको जनाएको छ । ब्राण्डका विद्युतीय भ्यानहरू मुख्य रूपमा प्यासेन्जर र कमर्सियल प्रयोजनका लागि बिक्री वितरण भइरहेका छन्।
यस ब्राण्डका भ्यानहरूलाई नेपाली बजारमा एम्बर मोटर्स प्रालिले आयात तथा बिक्री गर्दै आएको छ। विशेषगरी सहरी क्षेत्रमा पर्यावरणमैत्री यातायात, स्कुल भ्यान, अफिस भ्यान, वा व्यावसायिक ढुवानीका लागि उपयुक्त र किफायती मानिन्छन्। यो ११ सिट क्षमतामा उपलब्ध छ, जसमा यात्रीहरूका लागि फराकिलो र आरामदायी क्याबिन बनाइएको छ।
विद्यालय तथा कलेजका विद्यार्थी ओसारपसार गर्न, होटल, ट्राभल एजेन्सी तथा पर्यटकीय यातायातका लागि,कर्पोरेट अफिसका कर्मचारीहरूको यातायात सहज बनाउन उपयोगी मानिने कम्पनीले जनाएको छ ।







प्रतिक्रिया