७ मंसिर २०८३, आइतबार | Sun Nov 22 2026

प्रोटोनको ई.मास ५ ले जित्यो २ अन्तर्राष्ट्रिय अवार्ड



काठमाडौं । प्रोटोनको ईभी ई.मास ५ ले दुई अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको छ । मलेसियामा आयोजित ‘कारलिस्ट डट एमवाई पिपुल्स एन्ड एडिटर्स च्वाइस अवार्ड्स २०२६’ मा ई.मास ५ ले ‘उत्कृष्ट सब–कम्प्याक्ट ह्याचब्याक–पिपुल्स च्वाइस’ र ‘उत्कृष्ट अफोर्डेबल कार–एडिटर्स च्वाइस’ विधामा अवार्ड प्राप्त गरेको हो ।

यी अवार्डले मलेसियाको विद्युतीय सवारी बजारमा ई.मास ५ ले उपभोक्ता तथा अटोमोबाइल क्षेत्रका विज्ञहरूमाझ प्राप्त गरेको लोकप्रियता र स्वीकार्यतालाई प्रतिबिम्बित गर्ने कम्पनीले जनाएको छ ।


पिपुल्स च्वाइस अवार्ड उपभोक्ताको रोजाइ र विश्वासका आधारमा प्रदान गरिएको हो भने एडिटर्स च्वाइस अवार्ड अटोमोबाइल क्षेत्रका विज्ञहरूको मूल्याङ्कनमा आधारित छ । यसले कारको समग्र गुणस्तर, उपयोगिता र मूल्यलाई मान्यता दिएको कम्पनी जनाएको छ ।

आधुनिक डिजाइन, उन्नत प्रविधि, स्मार्ट कनेक्टिभिटी र दैनिक प्रयोगका लागि आवश्यक सुविधासहित ईमास ५ बजारमा उपलब्ध रहेको छ । विद्युतीय सवारीलाई सहज र पहुँचयोग्य बनाउने प्रोटोनको प्रयासलाई यो उपलब्धिले थप बल पुर्याएको कम्पनीले जनाएको छ ।

नेपालमा पनि विद्युतीय सवारीको बजार विस्तार हुँदै गएको र उपभोक्ताले प्रविधिमैत्री, व्यावहारिक तथा उचित मूल्यका सवारी साधन रोज्न थालेको अवस्थामा ई.मास ५ को अन्तर्राष्ट्रिय उपलब्धि महत्वपूर्ण रहेको कम्पनीको दाबी छ ।
नेपालमा प्रोटोन सवारी साधनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालि रहेको छ।

  :