७ मंसिर २०८३, आइतबार | Sun Nov 22 2026

होन्डाको दसैं योजनाबाट ३ साताका २१ जना विजेताले जिते नगद पुरस्कार



काठमाडौं । होन्डाको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले दसैंको अवसरमा सञ्चालन गरेको ‘यो दसैं, आशाको सुरुवात’ योजनाअन्तर्गत पहिलो तीन साताका विजेता घोषणा गरेको छ ।


कम्पनीले ‘होन्डा छ साथ साथ’ अभियानमार्फत सातै प्रदेशबाट प्रत्येक साता एक–एक जना विजेता छनोट गर्ने योजना ल्याएको थियो। यस योजनामा विजेताले १० हजारदेखि एक लाख रुपैयाँसम्म नगद पुरस्कार जित्ने व्यवस्था गरिएको छ।

चाडपर्वको खुसीसँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकता दिँदै कम्पनीले ‘सहयोगको संकल्प’ नामक विशेष कार्यक्रम सञ्चालन गरेको हो। यस कार्यक्रमअन्तर्गत विजेताले प्राप्त गर्ने पुरस्कारबराबरकै थप रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्ने घोषणा गरेको छ।

कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार पहिलो साताका विजेतामा प्रदेश १ बाट रामचन्द्र न्यौपाने (१० हजार रुपैयाँ), प्रदेश २ बाट अफजल मियाँ (एक लाख रुपैयाँ), प्रदेश ३ बाट गोकुलप्रसाद ओली (१० हजार रुपैयाँ), प्रदेश ४ बाट विज्ञान लामा (१० हजार रुपैयाँ), प्रदेश ५ बाट कृष्णबहादुर खड्का (१० हजार रुपैयाँ), प्रदेश ६ बाट पदमबहादुर शाही (५० हजार रुपैयाँ) र प्रदेश ७ बाट आदर्श कन्स्ट्रक्सनका मदन यादव (१० हजार रुपैयाँ) रहेका छन्।

त्यस्तै, दोस्रो साताका विजेतामा प्रदेश १ बाट विकासकुमार यादव (१० हजार रुपैयाँ), प्रदेश २ बाट सुन लामा (१० हजार रुपैयाँ), प्रदेश ३ बाट राजु महर्जन (२५ हजार रुपैयाँ), प्रदेश ४ बाट बलराम थापा (५० हजार रुपैयाँ), प्रदेश ५ बाट पुष्पा थारू (१० हजार रुपैयाँ), प्रदेश ६ बाट मानसिंह दाहाल (एक लाख रुपैयाँ) र प्रदेश ७ बाट विनिता पाठक (१० हजार रुपैयाँ) रहेका छन्।

यसैगरी, तेस्रो साताका विजेतामा प्रदेश १ बाट आशिष राई (५० हजार रुपैयाँ), प्रदेश २ बाट सुशीलकुमार श्रीवास्तव (१० हजार रुपैयाँ), प्रदेश ३ बाट दिशान्त विष्ट (१० हजार रुपैयाँ), प्रदेश ४ बाट मनोज घिमिरे (१० हजार रुपैयाँ), प्रदेश ५ बाट दामोदरबहादुर बुढाथोकी (१० हजार रुपैयाँ), प्रदेश ६ बाट प्रोभिन्स आयुर्वेद हस्पिटल एन्ड रिसर्च सेन्टर (१० हजार रुपैयाँ) र प्रदेश ७ बाट जुजेस्टर राणा (१० हजार रुपैयाँ) रहेका छन्।

कम्पनीका अनुसार सबै विजेतालाई उनीहरूले प्राप्त गरेको पुरस्कार रकम हस्तान्तरण गरिनेछ। साथै, सोहीबराबरको थप रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ।

ग्राहकको उत्साहजनक सहभागिता र मायालाई मध्यनजर गर्दै कम्पनीले उक्त योजना आगामी मङ्सिर १४ गते अर्थात् नोभेम्बर ३० सम्म थप गरेको जनाएको छ। यससँगै थप ग्राहकले पनि योजनामा सहभागी भई पुरस्कार जित्ने अवसर प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

  :