७ मंसिर २०८३, आइतबार | Sun Nov 22 2026

नक्सालमा खुल्यो टीभीएसको पहिलो प्रिमियम तथा ईभी शोरुम



काठमाडौं । टीभीएस मोटर कम्पनीले नेपालमा आफ्नो उपस्थिति थप विस्तार गर्दै काठमाडौंको नक्सालमा सञ्चालनमा ल्याएको पहिलो प्रिमियम तथा विद्युतीय सवारीसाधन (ईभी) शोरुम कम्पनीका एसिया क्षेत्रीय व्यापार प्रमुख अनुभव बल र नेपाली अभिनेता प्रदीप खड्काले संयुक्त रूपमा उद्घाटन गरेका छन् ।


नेपालमा विगत १५ वर्षदेखि टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले सञ्चालनमा ल्याएको शोरुमले नेपालमा टीभीएसका प्रिमियम मोटरसाइकल तथा विद्युतीय सवारीसाधनको बिक्री र ब्राण्ड अनुभवलाई थप विस्तार गर्ने बताइएको छ ।
शोरुम उदघाटन कार्यक्रमकै अवसरमा टीभीएस मोटर कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत विभिन्न सरकारी तथा सामुदायिक संस्थालाई २५ वटा टीभीएस अपाचे मोटरसाइकल हस्तान्तरण गरेको छ।

कम्पनीले नुवाकोट र रसुवाका जिल्ला प्रहरी कार्यालय, नुवाकोटको केन्द्रीय कारागार, विदुर नगरपालिका, विदुर जिल्ला अस्पताल, सरकारी विद्यालय तथा रसुवाका विभिन्न गाउँपालिका, विद्यालय र अस्पताललाई मोटरसाइकल हस्तान्तरण गरेको हो ।

कार्यक्रममा टीभीएस मोटर कम्पनीका अन्तर्राष्ट्रिय व्यापार अध्यक्ष पेयमान कार्गरले नेपाल कम्पनीको अन्तर्राष्ट्रिय विस्तार यात्राका लागि महत्त्वपूर्ण बजार रहेको बताए । उनले नेपालमा पहिलो प्रिमियम तथा ईभी शोरुम सञ्चालनमा आउनु बजारप्रतिको निरन्तर लगानी र ग्राहकको बदलिँदो आवश्यकतालाई सम्बोधन गर्ने प्रयास भएको उल्लेख गरे ।

टीभीएसको नयाँ प्रिमियम तथा ईभी शोरुममा कम्पनीका विभिन्न प्रिमियम मोटरसाइकल र विद्युतीय स्कुटर उपलब्ध हुनेछन् । शोरुममा टीभीएस अपाचे आरटीआर २०० फोरभी, अपाचे आरटीआर १६० फोरभी, टीभीएस रोनिन, टीभीएस रोनिन अगोन्डा, टीभीएस आईक्युब र टीभीएस अर्बिटर राखिने कम्पनीले जनाएको छ ।

  :