७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

रोयल इन्फिल्डको वान राइड २०२४ कार्यक्रम सम्पन्न



काठमाडौं– रोयल इन्फिल्डको नेपालका लागी आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले वान राइड २०२४ कार्यक्रम सम्पन्न गरेको छ । ‘बि बोल्ड, बि सिन, बि अन’ मूल नाराका साथ यस बर्ष वान राइड आयोजना गरिएको छ ।

रोयल इन्फिल्डले प्रत्येक वर्ष आयोजना गर्ने वान राइडमा बिश्वका ५० भन्दा बढी देश, ५०० भन्दा बढी सहर, १ हजार बढी राइड र ३० हजार भन्दा बढी राइडर सहभागी हुने गरेका छन् ।

वान राईड २०२४ कार्यक्रम नेपालमा असोज ६ गते आइतबार रोयल इन्फिल्ड सोरुम नक्सालबाट सुरु भएर गोदावरी पुगेर समापन गरिएको थियो ।

उक्त राइड कार्यक्रमको मुख्य उद्देश्य सडक सुरक्षाका बारेमा जनचेतना जगाउनु थियो । काठमाडौं सहित बिर्तामोड, धरान, इटहरी, राजविराज, वीरगञ्ज, जनकपुर, हेटौंडा, नारायणगढ, ,टाँडी, पोखरा, भैरहवा, बुटवल, सुर्खेत, दाङ, भक्तपुर लगायत देशका १६ वटा मुख्य शहरमा आयोजना गरिएको कार्यक्रममा ४५० राइडर सहभगाी भएको कम्पनीले जनाएको छ ।

देशको ग्रामिण भेगमा पुगेर त्यहाँको आन्तरिक पर्यटनमा मद्धत गर्ने तथा समुदायमा सहयोग गर्ने उद्देश्य अनुसार गोदावरीमा रहेको श्री पथ प्रदर्शक माध्यमिक विद्यालयका विद्यार्थीलाई खेलकुद सामग्री र नगद ५० हजार सहयोग गरिएको थियो । खेलकुद सामग्री हस्तान्तरण कार्यक्रममा बिद्यालयका प्रिन्सिपल, अल्फा अटोमोटिभका अधिकारी सहभागी भएका थिए ।

कार्यक्रममा काठमाडौंबाट रोयल इन्फिल्डका हिमालयन ४११, क्लासिक ३५०, मेटिअर ३५०, स्क्र्याम ४११ र हन्टर ३५० मोटरसाइकलमा १५० भन्दा बढी राइडर सहभागी भएका थिए । वान राइडको पहिलो संस्करण २०११ मा गरिएको थियो ।

  :