७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

यामाहाको ‘बिगेष्ट १०शैं’ अफर अन्तर्गत ग्राहकहरुले उपहार जित्ने क्रम जारी




काठमाडौं– यामाहा मोटरसाइकल तथा स्कूटरको नेपालको लागि आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले यस बर्षको दशैं, तिहार तथा छठलाई मध्यनजर गरी ल्याएको नयाँ ग्राहक योजनाबाट ग्राहकहरु निकै लाभान्वित बनिरहेका छन् ।

कम्पनीले ‘बिगेष्ट १०शैं’ नामक यो योजना अन्तर्गत ग्राहकहरुले थुप्रै फाइदाहरु पाइरहेका छन् । ‘बिगेष्ट १०शैं’ अन्तर्गत यामाहाका मोटरसाइकल तथा स्कूटर खरिद गर्ने विभिन्न ग्राहकहरुले स्योरशट नगद उपहार जित्ने क्रम देशभरि नै जारी रहेको कम्पनीले जनाएको छ ।

“बिगेस्ट १०दशैं” अफर अवधिभर यामाहाका मोटरसाइकल र स्कुटर खरिद गर्ने भाग्यशाली ग्राहकहरूले दश लाख रुपैयाँसम्मको हात खाली नजाने स्योरशट क्यास छुट उपहार प्राप्त गर्न सक्ने छन्। त्यसैले १० लाख रुपैयाँको नगद छुट जितेर भाग्यशाली बन्ने मौका अझै पनि ग्राहकहरूसँग बाँकी रहेको कम्पनीले जनाएको छ ।

  :