७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

यामाहा मोटरसाइकल किनेका बुटवलका गिरीले पाए दश लाख




काठमाडौं– यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले यसपालिको दशैं, तिहार र छठ चाडपर्वलाई मध्यनजर गरी ल्याएको नयाँ ग्राहक योजना “बिगेस्ट १०शैं” अन्तर्गत बुटवलबाट यामाहा मोटरसाइकल किनेका बालकृष्ण गिरीले १० लाख रुपैयाँ नगद छुट जितेर भाग्यशाली उपहार पाउन सफल भएका छन् ।


यामाहा नेपालको फेसबुक लाइभमार्फत आयोजना गरिएको कार्यक्रममा अभिनेत्री प्रियंका कार्कीले निकालेको लक्की ड्रमार्फत उनले सो पुरस्कार पाएका हुन् ।

यामाहाका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालको समेत उपस्थितिमा सम्पन्न सो कार्यक्रममा हाल सम्म यामाहाको बाइक वा स्कुटर किनेका ग्राहकहरुको नामबाट गिरीको नाम आएको र उनले सो पुरस्कार पाएका हुन् । गिरीले यामाहाको बुटवलको डिलर बुटवल बाइकर्सबाट नयाँ बाइक एफजीएस एफआई भी३ एबीएस डिलक्स किनेका थिए ।

एमएडब्लु इन्टरप्राइजेजले यसपालिको दशैं, तिहार र छठ चाडपर्वलाई मध्यनजर गरी ल्याएको नयाँ ग्राहक योजना “बिगेस्ट १०शैं” अन्तर्गत यामाहाका बाइक तथा स्कुटर खरिद गरेर विभिन्न ग्राहकहरुले स्योरशट नगद उपहारहरू जित्ने सिलसिला देशैभरि निरन्तर जारी रहेको बताएको छ।

स्योरशट नगद उपहारको रुपमा २० हजार, ५० हजार र १ लाख रुपैयाँ श्रेणी अन्तर्गत ठूलो संख्याका ग्राहकहरूले नगद उपहारहरू जितिरहेका छन् भने अन्य रोमाञ्चक गिफ्ट ह्याम्परहरू जित्ने क्रम पनि निरन्तर जारी रहेको यामाहाले जनाएको छ।

  :