मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

बजाजको चेतक इलेक्ट्रिक स्कूटर नेपाली बजारमा ल्याउने तयारी




काठमाडौं– बजाज मोटरसाइकलको नेपालको लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले बजाजको चेतक इलेक्ट्रिक स्कूटर नेपाली बजारमा भित्र्याउने तयारी थालेको छ ।

कम्पनीले अहिले बजाजको मोटरसाइकल मात्र बिक्री गर्दै आईरहेको छ । बजाजले उत्पादन गरेको चेतक स्कूटर नेपाली बजारमा भित्र्याउन कम्पनीले अहिले परीक्षण गरिरहेको छ । बजाजको चेतक इलेक्ट्रिक स्कूटरमा ३ किलोवाट आवरको लिथियम आयोन ब्याट्री जडित छ भने ३.८ किलोवाटको मोटर छ । जसले स्कूटरमा ५.१ हर्षपावर र १६ एनएम टर्क क्षमता प्रदान गर्दछ ।

५ घण्टामा सामान्य प्लगबाट फूल चार्ज गर्न सकिने यस स्कूटरले ८५ देखि ९० किलोमीटर रेञ्ज प्रदान गर्ने बताइएको छ । कम्पनीले चेतक स्कूटरलाई २०२५ को शुरुवातदेखि नै नेपाली बजारमा बिक्री शुरु गर्ने योजना बनाएको छ ।

  :