काठमाडौं– निसान, ओमोडा एन्ड जेइको, जिकर, लिपमोटर, सिट्रोन र पुज्यो लगायतका ब्राण्डका गाडीको नेपालका लागि आधिकारिक वितरक रहेको शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनले चितवन चुम्लिङटारमा डिसी फास्ट चार्जिङ स्टेशन स्थापना गरेका छन् । चुम्लिङटारस्थित सिद्धार्थ रिभरसाइड रिसोर्टमा रहेको उक्त स्टेशन नेटवर्कको हालै औपचारिक उदघाटन भएको छ ।
शारडा ग्रुपका आफ्टर–सेल्स महाप्रबन्धक कृष्ण प्रसाद पोखरेल र सिद्धार्थ हस्पिटालिटीका महाप्रबन्धक किरण रिमालले औपचारिक रूपमा चार्जिङ स्टेसनको उदघाटन गरेका हुन । कार्यक्रममा शून्य कार्वन उत्सर्जनको लक्ष्य हासिल गर्न र नेपालमा दिगो यातायात प्रविधिको प्रयोग प्रवर्द्धनको गर्न पूर्वाधार विकासको भूमिका र महत्वलाई जोड दिइएको थियो । सो परियोजनाले यी ब्रान्डका ग्राहक तथा चालकहरूलाई दिगो र वातानुकुलित प्रविधिमा र सुविधाजनक यात्रा अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार सो नयाँ चार्जिङ स्टेसनले दिगो प्रविधिमा आरामदायी यात्रा गर्न चाहने आधुनिक ग्राहकहरूको लागि डिसी फास्ट चार्जिङ सुविधा प्रदान गर्दछ ।
शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनको विद्युतीय सवारीको प्रयोग र प्रवर्द्धनलाई प्रोत्साहित गर्ने साझा लक्ष्यमा आधारित यो परियोजना नेपालको दिगो भविष्यको लागि एक अपरिहार्य उपलब्धि भएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया