काठमाडौं– ललितपुरको सातदोबाटोमा सबै ब्रान्डका इलेक्ट्रिक स्कुटर उपलब्ध गराउने उद्देश्यका साथ मल्टी ब्रान्ड शोरुम खुलेको छ ।
श्री अटो इन्कर्पोरेट प्रालिले सञ्चालनमा ल्याएको ईभी मार्ट नामक उक्त शोरुममा प्रिमियम मोडलका स्कुटर मात्र उपलब्ध हुने बताइएको छ । अहिले बजारमा इन्डियन र चाइनिज गरी लगभग ७०–८० ब्रान्डका कारण उपभोक्ताहरु अन्योलमा परेका छन् । त्यसैले हामीले सर्भिसलाई फोकस गरेर राम्रो, छिटो सुविधा दिने उद्देश्यले यो शोरुम खोलेका हौं, ईभी मार्टका सञ्चालक रोशनकुमार श्रेष्ठले बताए ।
यहाँ इलेक्ट्रिक स्कुटर बिक्री–वितरण मात्र हैन, स्कुटर सम्बन्धी जानकारी, परामर्श तथा सर्भिसमा समस्या भएका ग्राहकहरुले पनि सम्पर्क गर्न सक्ने पनि श्रेष्ठले जानकारी दिए । शोरुम खुलेको अवसरमा एक हप्ताका लागि एस–वेप्रो मोडलमा १५ हजार बराबरको स्मार्ट फोन उपहारको व्यवस्था पनि कम्पनीले गरेको छ ।
प्रतिक्रिया