६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

सुदूरपश्चिम र गण्डकी सरकारको यस्तो छ निजी सवारीसाधनमा लाग्ने कर



काठमाडौं- गण्डकी र सुदूरपश्चिम सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याइसकेका छन् । सुदूरपश्चिम प्रदेश सरकारले इलेक्ट्रिक भेइकलमा पुरानै करलाई निरन्तरता दिएर पेट्रोल तथा डिजेलबाट चल्ने सवारीसाधनमा सीसी क्षमताअनुसार कर निर्धारण गरेको छ । यो सरकाले १ हजार सीसीसम्मका कारमा वार्षिक १९ हजार, १ हजार १ देखि १ हजार ५ सय सीसीका कारमा २१ हजार, १ हजार ५ सय १ देखि २ हजार सीसीसम्मका कारमा २३ हजार र २ हजार १ देखि २ हजार ५ सय सीसीसम्मका कारमा ३२ हजार, २ हजार ५ सय १ देखी २ हजार ९ सय सीसीसम्ममा ३७ हजार र २ हजार ९ सय १ भन्दा माथि सीसी क्षमताका निजी कारमा ५३ हजार रुपैयाँ कर लाग्ने व्यवस्था गरेको छ ।

मोटरसाइकल तथा स्कुटरका हकमा १२५ सीसीसम्म २ हजार ५ सय, १२६ देखि १५० सीसीसम्म ४ हजार ५ सय, १५१ देखि २५० सीसीसम्मलाई ५ हजार ५ सय, २५१ देखि ४०० सीसीसम्मलाई ८ हजार र त्योभन्दा माथि ९ हजार रुपैयाँ वार्षिक कर लाग्ने व्यवस्था गरिएको छ । जसमध्ये गण्डकी प्रदेशले पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधनको वार्षिक करमा पुरानैलाई निरन्तता दिएको छ भने इलेक्ट्रिक भेइकलमा केही फेरवदल गरेको छ ।

प्रदेश सरकारले ५० किलोवाट सम्मको इलेक्ट्रिक कारमा कर नलाग्ने व्यवस्था मिलाएको छ भने त्यसमाथि १२५ किलोवाटसम्ममा वार्षिक १० हजार, १२५ किलोवाटदेखि २०० किलोवाटसम्ममा १५ हजार र २०० किलोवाट माथिका गाडीमा २० हजार वार्षिक कर लाग्ने व्यवस्था गरेको छ ।

त्यसैगरी इलेक्ट्रिक मोटरसाइकल तथा स्कुटरको हकमा भने ३५० वाटदेखि १ हजार वाटसम्ममा १ हजार, एक हजार वाटदेखि १५ सय वाटसम्मकाले एक हजार ५ सय रुपैयाँ र २ हजार वाटमाथिकाले वार्षिक २ हजार रुपैयाँ कर तिर्नु पर्ने व्यवस्था गरिएको छ ।

  :