काठमाडौं–फोटोन टीएम १ डेलिभरी भ्यानले नेपालमा १०० युनिट बिक्री भएको उपलक्ष्यमा फोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू वृद्धि कमर्सियलले केक काटेर खुसियाली मनाएको छ ।
उक्त अवसरमा एमएडब्लू ग्रुपका प्रबन्ध निर्देशक विवेक सिकरिया, एमएडब्लू वृद्धि कमर्सियलका सीईओ तुषार गुप्ता, सेल्स हेड नविन आचार्य, मार्केटिङ प्रमुख प्रकाश सुवेदी लगायतको सहभागिता रहेको थियो ।
टीएम१ नेपालमा आफ्नै व्यवसायिक यात्रा सुरु गर्ने चाहना राख्नेहरूका लागि पहिलो रोजाइको सवारी बनेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार, टीएम१ तरकारी, फलफूल, पानी, दूध, ग्यास लगायत दैनिक उपभोग्य सामान ढुवानी गर्नका लागि निकै भरभर्दो सवारी साधनका रुपमा परिचित छ । यसले नेपाली आवश्यकता अनुसारको डिजाइनमार्फत आफूलाई एक सक्षम व्यवसायिक सवारीको रूपमा प्रमाणित गरेको छ ।









प्रतिक्रिया