काठमाडौं–वैद्य अर्गनाइजेसनले नेपाली बजारमा ल्याएको भारतीय विद्युतीय स्कुटर ब्रान्ड एथर निकै उपभोक्ताहरुले निकै रुचाएका छन् ।
२.९ किलोवाट आवर र ३.७ किलोवाट आवर गरी दुई ब्याट्री विकल्पमा नेपाली बजारमा उपलब्ध एथर ४५० एक्स मोडेल स्कुटर उपभोक्ताहरुले मन पराएका छन् । एथरका स्कुटरमा प्रयोग गरिएका ब्याट्रीका लागि पाँच वर्ष वा ६० हजार किलोमिटरको वारेन्टी दिइएको छ ।
३.७ किलोवाट आवर क्षमता भएको ब्याट्रीले १५० किमि र २.९ किलोवाट आवर क्षमताको ब्याट्रीले १११ किमि रेन्ज दिने कम्पनीको दाबी छ ।
यो विद्युतीय स्कुटरको अधिकतम गति ९० किलोमिटर प्रतिघण्टा रहेको छ । वाटर रेसिस्टेन्ट र डस्ट प्रुफका लागि आईपी ६५ रेटिङ, सात इन्चको टीएफटी टचस्क्रिन, फोरजी कनेक्टिभिटी, ब्लुटुथ समेत एथर स्कुटरमा पाउन सकिन्छ । यो स्कुटरमा तीन वर्ष अथवा ३० हजार किलोमिटर र पोर्टेबल चार्जरमा तीन वर्षको वारेन्टी दिइएको छ ।









प्रतिक्रिया