काठमाडौं– काठमाडौंको साँघुरा बाटो र बढ्दो सवारी जामलाई मध्यनजर गरेर हेनरी भोल्ट्स ब्रान्डले आफ्नो नयाँ र उच्च प्रविधियुक्त सिटी ईभी ‘मोडेल सी प्रो’ ल्याएको छ ।
यो ईभीमा ३.३ मिटर लम्बाइ र ४.८५ मिटर टर्निङ रेडियस राखिएको छ । हेनरी भोल्ट्स इलेक्ट्रिक भेहिकल्सको नेपालको आधिकारिक आयातकर्ता तथा वितरक एस क्युब इन्टरप्राइजेज प्रालिले यो नयाँ मोडेल साउन २१ गतेदेखि भृकुटीमण्डपमा हुने नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा सार्वजनिक गर्ने भएको छ ।
सी प्रो ३० किलोवाट डीसी फास्ट चार्जिङ र २५ किलोवाट हावर्स लिथियम ब्याट्री भने ३५ किलोवाट मोटर छ । यसले अब ४० मिनेटमै ८० प्रतिशत चार्ज गर्न सक्ने क्षमता राख्दछ । ३०० किमी लामो रेञ्ज दिने बताइएको छ । यसको प्रारम्भिक मूल्य २३ लाख रुपैयाँभन्दा कम हुने कम्पनीले जनाएको छ ।









प्रतिक्रिया