फाल्गुन २८, २०८२ बिहीबार | Fri Mar 13 2026

सनलङका दुई इलेक्ट्रिक माइक्रोभ्यान साउन २१ गते सार्वजनिक गरिने




काठमाडौं– यही साउन २१ गतेदेखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ चिनियाँ कमर्शियल भेहिकल ब्राण्ड सनलङका दुई इलेक्ट्रिक माइक्रोभ्यान सार्वजनिक हुने् भएका छन् । वेबर ग्रुप अन्तर्गतको ब्लू कर्पोरेशन प्रालिले सनलङको १२ र १३ सिटे माइक्रोभ्यान सार्वजनिक गर्न लागेको हो ।

कम्पनीले नेपाल ल्याएका यू वान र यू टु इलेक्ट्रिक माइक्रो भ्यानहरूमा क्रमशः ४६.३६ र ५०.२३ किलोवाट अवारको ब्याट्री प्याक रहेको छ । ८० किलोवाटको मोटर रहेको यी भ्यानहरूको रेन्ज क्रमशः ३२५ र ३५० किलोमिटरको रहेको कम्पनीले जनाएको छ ।
सनलङको यो माइक्रोेभ्यानमा एलसीडी ड्यासबोर्ड, यूएसबी चार्जिङ इन्टरफेस, एयर कण्डिसन, प्रेडेस्ट्रियन वार्निङ सिस्टम, रिभर्स पार्किङ सेन्सर, रिभर्स क्यामरा, फ्रन्ट पावर विण्डो लगायत फिचर छन् ।

सुरक्षाका लागि यी भ्यानहरूमा एबीएस, ईबीडी, ईपीएस, ईएससी ब्रेक असिस्ट, फ्रन्ट डिस्क रियर ड्रम ब्रेकिङ सिस्टम, सिटबेल्ट वार्निङ आदि फिचर रहेको छ । कम्पनीले १२ सिटे सनलङ यू वानको मूल्य ४७ लाख ४७ हजार र १३ सिटे यू टुको मूल्य ५१ लाख ५१ हजार रुपैयाँ तोकेको छ ।

  :