६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

नयाँ एड्भेन्चर भदौमा नेपाल आउने,कम मूल्यको क्रुजर मोटरसाइकलको उत्पादन बन्द



काठमाडौं । सुजुकी मोटरसाइकल कम्पनी इन्डियाले उत्पादन गरेको ‘इन्ट्री लेभल’ क्रुजर मोटरसाइकल इन्ट्रुडर १५५ को उत्पादन बन्द भएको छ । लगातार ६ महिनासम्म १ यूनिट पनि मोटरसाइकल विक्री नभएको कारण कम्पनीले इन्ट्रुडरको उत्पादन बन्द गर्ने भएको हो।

कम्पनीले इन्ट्रुडर १५५ को उत्पादन २०१७ बाट सुरु गरेको थियो । भारतीय बजारमा सन् २०२१ डिसेम्वरदेखि २०२२ मेसम्म इन्ट्रुडर मोटरसाइकल एक यूनिट पनि विक्री नभएको तथ्यांकमा देखिएको छ ।

यसमा रहेको इन्जिनले अधिकतम ८००० आरपीएममा १३.६ पीएस पावर र ६००० आरपीएममा १३.८ एनएम टर्क प्रदान गर्ने छ । यसमा ५ स्पीडको गियरबक्स उपलब्ध रहेको छ ।

यो मोटरसाइकलमा १५५ सीसी क्षमताको, ४ स्टोक, १ सिलिण्डर, एयरकुल्ड, एफआई इन्जिन रहेको छ । नेपाली बजारमा पनि यसको विक्री सन् २०१८ बाटै भएको थियो । सुरुमा केही यूनिट विक्री भएको भएपनि त्यसपछि खासै राम्रो विक्री हुन सकेको थिएन ।

इन्ट्रुडर बन्द भएपनि सुजुकीले भदौमा अर्को इन्ट्री लेभल एड्भेन्चर मोटरसाइकल बजारमा ल्याउने भएको छ । भारतमा दुई महिना अघिबाट विक्री सुरु भएको भि स्ट्रोम २५० भिजी सुजुकीले नाडा अटो शो २०२२ मा सार्वजनिक गर्ने योजना बनाएको छ । सिंगल च्यानल एबीएस सहित आउने इन्टुडरमा दुबै चक्कामा डिस्क ब्रेक दिइएको छ ।

आरामदायी यात्राको लागि अगाडि टेलिस्कोपिक र पछाडि स्विङआर्म शक एब्जर्बर दिएको छ । प्रोजेक्टर हेडल्याम्प, एलइडी टेल ल्याम्प, ११ लिटरको फ्यूल ट्याङ्क र १७० एमएमको ग्राउन्ड क्लियरेन्स यसमा पाउन सकिन्छ । यसको मूल्य ३ लाख २९ हजार ९०० रुपैयाँ रहेको छ ।

  :