काठमाडौं–पन्चकन्या ग्रुप अन्तर्गतको एक्सप्लोर अर्थ मुभर्स प्रालिले नेपालमा पहिलोपटक बिद्युतीय ह्विल लोडर सार्वजनिक गरेको छ । यो लोडर एक्सप्लोर अर्थ मुभर्स प्रालि, बल्खुमा प्रदर्शनका लागि उपलब्ध छ ।
लोडरमा १८०.५ किलोवाट आवरको सिएटिएल ब्याट्री जडान गरिएको छ भने मोटर क्षमता ९० किलोवाटसम्म छ । विगत लामो समयदेखी विभिन्न प्रकार हेभी इक्विपमेन्ट उपलब्ध गराउँदै आएको कम्पनीले एसडिएलजी एल९३६ एचईभी मोडल अन्तर्गतको नयाँ मेसिन सार्वजनिक गरेको हो ।
यो मेसिनले वातावरणमा न्यूून हानी पुर्याई नेपाल सरकारले विधुतीय सवारीसाधनको प्रयोगलाई गरेको प्राथमीकतालाई बल पुग्ने विश्वास लिइएको छ । कम्पनीका अनुसार, नेपालमा पहिलो पटक सार्वजनिक गरिएको यो बिद्युतयि ह्वील लोडर वातावरणमैत्री, कम ऊर्जा खपत गर्ने प्रविधिको उत्कृष्ट उदाहरण हो ।







प्रतिक्रिया