काठमाडौं । टाटा मोटर्सले उत्पादन गरेको फ्यामिलि कार सियरा एसयुभी आगामी नोभेम्बर २५ मा सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले हालै यो कारको ‘इन्टेरियर’ र अन्य फिचरहरु सार्वजनिक गरेको थियो।
टाटाले दुई दशक अगाडि नै सियरा कार बजारमा ल्याए पनि यसको उत्पादन बन्द गरिएको थियो। हाल फेरि त्यही ब्रान्डमै टाटाले सियरा उत्पादन गरेको हो । टाटाले यो गाडी पेट्रोल, डिजल र इलेक्ट्रिक पावर ट्रेनमा संचालन हुने गरि बनाएको जनाएको छ।
यो गाडीमा भएका अधिकांश फिचरहरु दैनिक पारिवारिक रुपमा प्रयोग हुने किसिमको भएको कम्पनीले जनाएको छ ।







प्रतिक्रिया