माघ १३, २०८२ सोमबार | Tue Jan 27 2026

एमजी र आइएम ईभीमा विशेष अफर



काठमाडौं– एमजी तथा आइएम मोटर्सका लागि नेपालकोे आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले नयाँ वर्ष २०२६ को अवसरमा ‘इलेक्ट्रिफाइङ न्यू इयर २०२६’ एक्सचेन्ज योजना ल्याएको छ ।

इलेक्ट्रिक सवारी साधनप्रतिको बढ्दो रुचिलाई ध्यानमा राख्दै कम्पनीले आफ्ना लोकप्रिय मोडलहरूमा विशेष सुविधा उपलब्ध गराउन डिसेम्बर २५ देखि यो अफर ल्याएको हो । यस योजनाअन्तर्गत एमजी र आइएमका इलेक्ट्रिक सवारी साधन खरिद गर्ने ग्राहकले आकर्षक सुविधा र लाभ लिन सक्ने पनि कम्पनीले जनाएको छ ।

सीमित अवधिको यस एक्सचेन्ज अफरमा पुरानो सवारीसाधन साट्दा ग्राहकले ४ लाख रुपैयाँसम्मको फाइदा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

योजनामा उत्कृष्ट मूल्यांकन सुविधा, अतिरिक्त एक्सचेन्ज बोनस, सहज फाइनान्स सुविधा, निःशुल्क एक्सेसरी तथा तत्काल डेलिभरी जस्ता आकर्षक अफर रहेका छन् । एमजी र आइएमका सबै इलेक्ट्रिक मोडलहरूमा लागू हुने यो अफरमा ग्राहकहरूले देशभर रहेका आधिकारिक एमजी शोरूममार्फत फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।

  :