काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले देशभर १८५ भन्दा बढी स्थानमा चार्जिङ सेन्टर विस्तार गरेको छ ।
जसमध्ये ३७ वटा फास्ट चार्जिङ स्टेसन (डीसी) र बाँकी एसी चार्जिङ स्टेसन रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार १६ स्थानमा ईभीलक्षित सर्भिस सेन्टर र २१ भन्दा बढी सेल्स नेटवर्क विस्तार भइसकेको छ । टाटाको एक्सचेन्ज क्याम्पमा ईभी बुक गर्ने ग्राहकले जीवनभर सिप्रदीको नेटवर्कमा निःशुल्क चार्जिङ सुविधा कम्पनीले उपलब्ध गराउँदै आएको छ।
कम्पनीको फास्ट चार्जिङ पूर्वाधार कर्णाली प्रदेशबाहेक अन्य ६ प्रदेशमा उपलब्ध छ। नेपालमा टाटाका हालसम्म ९ हजारभन्दा बढी विद्युतीय गाडी बिक्री भइसकेको जनाएको छ । कम्पनीले टाटाका नेक्सन ईभी, टिगोर ईभी, टियागो, पन्च ईभी, कर्भ ईभीलगायत विद्युतीय गाडी बिक्री गर्दै आइरहेको छ।






प्रतिक्रिया