२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

देशभर केईको एक्सचेन्ज क्याम्प



काठमाडौं । नयाँ वर्ष २०८३ को अवसरमा केई गाडीका लागि नेपालको आधिकारिक बिक्रेता लक्ष्मी ई–मोबिलिटी प्रालि।र जीओ अटोमोबाइल्स प्रालिले देशभर तीन दिने ‘केई एक्सचेन्ज क्याम्प’ सञ्चालन गरेको छ ।

कम्पनीका अनुसार ग्राहकहरूलाई सहज, आकर्षक तथा प्रतिस्पर्धी मूल्यांकनमार्फत आफ्ना सवारी साधन अपग्रेड गर्ने अवसर प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

चैत २७ गतेदेखि २९ गतेससम्म देशभर रहेका आधिकारिक केईका शोरूमहरूमा सञ्चालन भईरहेको छ । कार्यक्रममार्फत ग्राहकहरूले आफ्ना पुराना सवारी साधन साटेर नयाँ केयी मोडलका गाडी विशेष नयाँ वर्ष अफरसहित खरिद गर्न सक्नेछन् ।

काठमाडौंमा कार्यक्रम थापाथलीस्थित केयी प्रदर्शनी कक्ष नजिक बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुनेछ । कार्यक्रममा सहभागी आगन्तुकहरूले प्रत्यक्ष खाना स्टल (लाइभ फूड स्टल) तथा मनोरञ्जनात्मक गतिविधिसहित उत्सवमय वातावरणको अनुभव लिईरहेका छन् ।


यस योजनाअन्तर्गत ग्राहकहरूले नयाँ वर्ष विशेष नगद लाभ, आकर्षक एक्सचेन्ज बोनस, व्यावसायिक सवारी मूल्यांकन, वित्तीय सुविधा ९फाइनान्सिङ०, सवारी बीमा सेवा तथा ७ किलोवाट वा ३ किलोवाट क्षमताका चार्जर विकल्प प्राप्त गर्नेछन् । साथै प्रत्येक बुकिङमा जोडीका लागि धुलिखेलस्थित दुसित थानी होटलमा एक रातको निःशुल्क बसाइ प्याकेज प्रदान गरिनेछ ।

कार्यक्रममा ग्राहकहरूले केईका इलेक्ट्रिक तथा सहरी कम्प्याक्ट मोडलहरू, केयी ई–क्यूट ०२, केई ई–क्यूट ०४ र केयी एक्स–३ प्रो ईभीबारे जानकारी लिन र अवलोकन गर्न सक्नेछन् ।

  :