काठमाडौं । टाटा मोटर्सले उत्पादन गरेको अपडेटसहितको नयाँ पन्च ईभी आगामी जुलाई महिनादेखि नेपालमा बिक्री शुरु हुन लागेको छ ।
नेपालमा सर्वाधिक सफल मध्येको एक एसयूभी पञ्च ईभी टाटाको नेपालको लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले सन् २०२४ सेप्टेम्बरमा भएको ‘नाडा अटो शो २०२४’ बाट बिक्री शुरु गरेको थियो ।
नयाँ फेसलिफ्ट पन्चको बाहिरी डिजाइनमा सामान्य परिवर्तन देखिए पनि कम्पनीले ब्याट्री, ड्राइभिङ सिस्टम, चार्जिङ, मोटर लगायतका फिचरमा ब्यापक अपडेट गरेको जनाएको छ । अपडेटसँगै पन्च ईभीमा ठूलो ब्याट्री, लामो रेन्ज, छिटो चार्जिङ, बढी ऊर्जा दक्षता जस्ता फाइदा उपभोक्ताले पाउने पनि कम्पनीले जनाएको छ ।
यसअघि दुई ब्याट्री अप्सनमा उपलब्ध पन्चमा २५ र ३५ किलोवाट आवरको ब्याट्री थियो । अब यी दुवैमा ५÷५ किलोवाट आवरको ब्याट्री साइज बढाएर ३० र ४० किलोवाट आवर बनाइएको छ ।
यस अघि टाटा मोटर्सले प्रयोग गर्दै आएको गोलाकार लिथियम सेलको सट्टा प्रिज्म्याटिक एलएफपी ब्याट्री सेल प्रयोग गरेको छ ।
डीसी फास्ट चार्जिङ क्षमता पनि ५० किलोवाटबाट बढेर ६५ किलोवाट बनेको छ । उक्त चार्जरले १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न करिब ३० मिनेट लाग्ने कम्पनीले जनाएको छ ।









प्रतिक्रिया