९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

स्याकार ट्रेडिङ्गद्वारा ‘निःशुल्क सेफ्टी रिकल अभियान’ सञ्चालन



काठमाडौं–होन्डा कारको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले ग्राहकको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै होन्डाका पुराना मोडलहरूको एयर ब्यागमा देखिन सक्ने सम्भावित जोखिमलाई समाधान गर्न ‘निःशुल्क सेफ्टी रिकल अभियान’ सञ्चालन गरेकोे छ ।

निर्माण वर्ष सन् २००१ देखि २०१४ सम्मका होन्डा कारका विभिन्न मोडलमा हुनसक्ने सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गरी कम्पनीले यस अभियान सञ्चालन गरेको जनाएको छ। कम्पनीका अनुसार यसमा, होन्डा सिटी, सिभिक, सीआरभी, ज्याज, इन्साइट, स्ट्रिम र अकर्ड जस्ता मोडलहरु समावेश छन् ।


यस अभियान अन्तर्गत प्रभावित गाडीहरूको एयरब्याग जाँच र आवश्यक मर्मत वा इन्फ्लेटर परिवर्तन पूर्ण रूपमा निःशुल्क गरिनेछ । यसका लागि ग्राहकले कुनै पनि शुल्क तिर्नु नपर्ने कम्पनीले जनाएको छ । सम्भावित जोखिमबाट बच्न र सुरक्षित यात्रा सुनिश्चित गर्नका लागि ग्राहकहरूलाई आफ्नो नजिकको होन्डाका आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गरी गाडीको एयरब्याग जाँच गराउन कम्पनीले आग्रह समेत गरेको छ ।

  :