काठमाडौं । महिन्द्राको नेपालको लागि आधिकारीक बिक्रेता अग्नी इनकर्पोरेट प्रालिले महिन्द्राको नयाँ विद्युतीय एसयूभी ‘एक्सईभी–९एस’ नेपाल भित्र्याउने भएको छ ।
कम्पनीले आगामी भदौ २६ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाइमा नेपाल मोविलिटी एक्स्पो २०२६ मा एक्सईभी–९एस मोडल लञ्च गर्ने तयारी गरेको छ । एक्सईभी–९एसमा ५९ किलोवाट आवर, ७० किलोवाट आवर र ७९ किलोवाट आवर गरी तीनवटा ब्याट्री विकल्प भारतीय बजारमा उपलब्ध भए पनि नेपालमा कुन ब्याट्रीमा आउँछ भन्ने कम्पनीले यकीन जानकारी दिएको छैन ।
रियर ह्वील ड्राइभ सिस्टम रहेको एसयूभीको ७९ किलोवाट आवर ब्याट्रीसँग २८१ बीएचपी शक्ति र ३८० एनएम टर्क उत्पादन गर्ने इलेक्ट्रीक मोटर जडान गरिएको छ ।









प्रतिक्रिया